site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ट्राफिक नियम उल्लंघन गर्ने २४१ सवारीसाधन प्रहरीको नियन्त्रणमा

काठमाडौं । होली पर्वमा ट्राफिक नियम उल्लंघन गरेर चलाइएका २४१ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार मध्याह्न १२ बजेसम्म काठमाडौंमा उपत्यकाका विभिन्न स्थानबाट ती सवारीसाधनलाई नियन्त्रणमा लिइएको हो ।

दुईपांग्रे २३३ र चारपांग्रे आठ सवारीसाधनलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरीका एसएसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

सवारीसाधनलाई ट्राफिक प्रहरीले विभिन्न ठाउँमा ‘होल्ड’ गरेर राखेको छ । उपत्यकामा मध्याह्न १२ बजेसम्म कुनै अप्रिय दुर्घटना भने नभएको एसएसपी श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro