site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसलाई प्रधानमन्त्रीले गलत्याएर सरकारबाट फ्याँकेको जस्तो अवस्थामा पुग्दैनौँ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफूमाथि लगाइएको आरोप पुष्टि गर्न नेपाली कांग्रेसलाई चुनौती दिएका छन् ।

शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको कार्यक्रममा उनले एउटा ठाडो उजुरीलाई लिएर सदन नै अवरुद्ध गर्न खोजिएको बताए । आफूलाई सदनमा बोल्न समेत नदिएको भन्दै उनले आरोप पुष्टि गर्न कांग्रेसलाई चुनौती दिएका हुन् ।

कांग्रेसजस्तो इतिहास बोकेको पार्टीले प्रमाणविना बोलेको उनले उल्लेख गरे । कांग्रेसकै नेता तथा विज्ञमाझ सार्वजनिक रूपमा यस विषयमा बहस गर्न आफू तयार रहेको उनले बताए ।

रास्वपाका सभापति समेत रहेका लामिछानेले आफूले यसअघि नै छाडेको संस्थासँग जोडेर विभिन्न प्रकरणमा मुछ्ने काम गरिएको जिकिर गरे । जीबी राईलाई आकाश–पाताल जहाँबाट भए पनि खोजेरै ल्याउने उनको भनाइ छ ।

सहकारी बचतकर्ताको रकम ब्याजसहित फिर्ता नगरेसम्म राजनीतिबाट विश्राम नलिने उनले बताए ।

यस्तै, विभिन्न प्रकरणमा मुछिएकालाई प्रमाणका आधारमा जस्तोसुकै ओहोदामा भए पनि नछाड्ने उनले स्पष्ट पारे । जतिसुकै ठूला ‘माछा’ भए पनि नागरिकले दिएको शक्तिका अगाडि तिनको केही नलाग्ने उनले बताए ।

कांग्रेसलाई प्रधानमन्त्रीले गलत्याएर सरकारबाट फ्याँकेको जस्तो अवस्थामा आफूहरू नपुग्ने भन्दै लामिछानेले काम गर्न नसके राजीनामापत्र अहिलेदेखि झोलामा तयार रहेको सुनाए ।

उनले आफूहरू जोखिम मोलेर सरकारमा गएको भन्दै काम गर्न एक मिनेट पनि समय खेर नफाल्ने बताए । जिम्मेवारीमा रहेका दिनसम्म आफ्नो अन्तिम दिन भनेर काम गर्न पार्टीका तर्फबाट मन्त्रीहरूलाई निर्देशन दिइएको उनले उल्लेख गरे । सरकारमा रहँदा जनताको मतको दुरुपयोग नगर्ने उनको भनाइ छ । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro