विदेश
काठमाडौं । इन्डोनेसियामा सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति र उपराष्ट्रपति पदका उमेदवार जोडी प्राबोवो सुब्यान्टो र जिब्रान राकाबुमिङ राका विजयी भएका छन् । देशको आमनिर्वाचन आयोग (केपीयू)ले बुधबार उनीहरूको जित घोषणा गरेको हो ।
आधिकारिक गणनाअनुसार प्रबोवो–जिब्रानले नौ करोड ६२ लाख १४ हजार ६९१ मत प्राप्त गरे । प्राबोवो वर्तमान रक्षामन्त्री हुन् ।
जिब्रान भने सोलोका मेयर र वर्तमान राष्ट्रपति जोको विडोडोका छोरा हुन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८० ०९:१७
प्रतिक्रिया दिनुहोस्