site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस सांसद केसीले भने– पुन र सुनको सम्बन्ध के हो, स्पष्ट होस्

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको काठमाडौंस्थित घर कुन स्रोतले बनाइएको हो, स्पष्ट पार्न आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले १० वर्षअघि दुई कोठाको डेरामा बसेका पुनको अहिले आलिसान महल बनेको भन्दै आर्थिक स्रोतबारे स्पष्ट पार्न माग गरेका हुन् ।

“...१० वर्षअगाडि उहाँ (नन्दबहादुर पुन) कपनको कुनै ठाउँमा डेरामा दुई कोठामा बस्नुहुन्थ्यो । आज पाँच रोपनी जग्गामा आलिसान दरबारमा उहाँ राज भइबक्सेको छ,” उनले भने, “म चाहन्छु, त्यो पैसा कहाँबाट आयो ? कसरी त्यो दरबार बन्यो ? त्यसमा सभामुखबाट रुलिङ हुनका लागि भन्दछु । स्रोत के हो ? कसरी धन प्राप्त भयो ? कसरी घर बनाउनुभयो ? सुनसँग पुनको सम्बन्ध बारेमा स्पष्ट पार्न अनुरोध गर्दछु ।”

Argakhachi Cement Island Ad

यस्तै, सुन तस्करसँग अर्थमन्त्री वर्षमान पुनको टेलिफोन सम्पर्कको विवरण सार्वजनिक भएको भन्दै उनले सो कुराकानीको अडियो नै संसद्‌मा सुनाउन माग गरे ।

उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि पनि प्रश्न गरे । “उहाँले (गृहमन्त्री रवि लामिछाने) सहकारीबाट ४६ लाख रुपैयाँको गाडी चढ्नुभएको रहेछ । यो घोर आपत्तिजनक कुरा छ । उहाँ सहकारी सदस्य नभएको नाताले उहाँले लिन मिल्दैन,” सांसद केसीले भने, “सहकारीपीडितहरूलाई उहाँले कसरी सम्बोधन गर्नुहुन्छ ? गम्भीर आशंका छ । त्यसैले म भन्छु– रविजी तपाईं पीडक हो । पीडकले पीडितलाई न्याय दिन सक्दैन । तपाईंले यसको अनुसन्धान नहुन्जेलसम्म विश्राम गरेर बस्नुहोला । तपाईं ठिक भएको अवस्थामा आउनुहोला । अहिले कुनै हालतमा तपाईंलाई गृहमन्त्री स्वीकार्नेवाला छैनौँ ।” न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १४:०२
प्रतिक्रिया दिनुहोस्