site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
कथाकार पद्मावतीलाई ‘धनमान कथा पुरस्कार’ प्रदान 

काठमाडौं । अग्रज कथाकार पद्मावती सिंहलाई ‘धनमान कथा पुरस्कार, २०८०’ प्रदान गरिएको छ । शनिबार भक्तपुरमा लघुकथा समाज, नेपालले आयोजना गरेको कार्यक्रममा नाट्यकर्मी अशेष मल्लले सो पुरस्कार प्रदान गरे ।

१० हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको लघुकथा समाजले जनाएको छ ।

सोही अवसरमा पुरस्कारका संस्थापक कथाकार धनमान श्रेष्ठको कथाकृति ‘टाढाको सम्झना’को लोकार्पण गरियो । पुनः मुद्रण गरिएको यो कृति पहिले ०३२ सालमा प्रकाशित भएको थियो । कृतिमा यसअघि ६ कथा मात्र रहेकामा १० वटा थप गरेर प्रकाशित गरिएको हो ।

कार्यक्रममा मल्लले अबका पुस्तामा पठन संस्कृतिको अभिवृद्धिका निम्ति कामा गरिनुपर्नेमा जोड दिए । उनले डिजिटल माध्यमको अत्यधिक प्रयोग गर्दै पुस्तक पठनमा विद्यार्थीवर्गको संख्या बढाउनुपर्ने बताए । मल्लले पद्मावती सिंहको कथाकारिताको चर्चा गरे ।

पुरस्कारका संस्थापक तथा कृतिकार श्रेष्ठले ८५ वर्षको उमेरमा पनि साहित्य सिर्जनमा उत्साह मिलिरहेको बताए ।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  २१:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro