site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कर्मकाण्डको लागि मात्रै संसद् चलाइराख्नुको कुनै औचित्य छैन : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले संसद् बैठक कर्मकाण्डको लागि मात्रै चलाइराख्नुको कुनै औचित्य नभएको बताएका छन् । 

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले जनताको समस्याको ठोस समाधान गर्ने सरकारको जवाफ नआएसम्म कर्मकाण्डको लागि मात्रै संसद् चलाइराख्नुको कुनै औचित्य नभएको बताए । मिटरब्याजपीडित, लघुवित्त र सहकारीका ऋणीहरूको समस्या समाधानमा सरकार जिम्मेवार हुनुपर्ने बताए ।

Dabur Nepal
NIC Asia

उनले व्यवसायीको समस्या, रूसी सेनामा नेपाली भर्ती भएका विषय संसद्‌मा चर्को रूपमा उठे पनि सरकारले नसुनेको उनको भनाइ थियो । संसद्‌मा उठेका आवाज सरकारले नसुने संसद्‌मा बोल्नुको कुनै अर्थ नभएको बताए । सरकार र राजनीतिक दलको काम के हो ? भनि प्रश्न समेत गरे ।

उनले भने, "सरकारले संसद्‌मा उठेका विषयमा ठोस जवाफ नदिएसम्म, सरकारको उपस्थिति संसद्‌मा नभएसम्म संसद् अगाडि बढाइराख्नुको कुनै औचित्य छैन । केबल कर्मकाण्डको लागि मात्रै यो संसद् चलाइराख्नु र जनताले रगत, पसिना बगाएर तिरेको तिरोमाथि रमाइलो गरेर बस्नुको कुनै औचित्य छैन । ठोस जवाफ नआएसम्म संसद् अगाडि बढ्दैन ।"

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro