site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अख्तियारले राजनीतिक क्षेत्रलाई चोख्याउने काम गर्‍यो : राजेन्द्र लिङ्देन
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग राजनीतिक क्षेत्रलाई चोख्याउने काममा लागेको बताएका छन् । 

मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेताहरूलाई उन्मुक्ति दिने तर कर्मचारीलाई थुनेर भय सिर्जना गर्ने काम बन्द गर्न आग्रह गरे । अनियमितता गरेको भए सबैलाई समान कारबाही गर्ने ल्याकत राख्न आवश्यक रहेको उनको भनाइ थियो । 

लिङ्देनले  पछिल्लो समय राजनीतिक दलहरूलाई उन्मुक्ति दिने र कर्मचारीलाई थुन्ने परिपाटीले नागरिकलाई दिने सेवा सुविधामा झनै ढिलासुस्ती हुन थालेको बताए । टेरामक्स प्रविधिमा झन्डै एक खर्ब राजस्व हिनामिना भएको भनिए पनि अहिलेसम्म कुनै ठोस निर्णय हुन नसकेकोप्रति गुनासो गरे । 

उनले भने, "टेरामक्स भन्ने एउटा प्रविधि हो । कतिलाई त थाहा पनि छैन । अलि सस्तोमा आउनुपर्ने चिज अलि बढीमा तोकेर ल्यायो वा राम्रो ल्याउनुपर्ने कमसल ल्यायो होला, त्यसलाई त तुरुन्तै कारबाही गर्नुपर्‍यो । त्यो प्रविधि त चाहियो नि । टेरामक्स भित्र्याउने क्रममा भएको भ्रष्टाचारको कुरा मात्रै होइन नि । त्यो प्रविधि नभएको कारणले झन्डै एक खर्ब राजस्व हिनामिना भएको भन्ने अनुमान छ । गुणस्तरीय सेवा हामीले पाएका छौँ की छैनौँ भन्ने थाहा छैन । एनसेल, नेपाल दूरसञ्चार प्राधिकरण लगायतका कम्पनीहरूको आम्दानी घटेको देखाइएको छ, तर खासमा घटेको हो की होइन, भन्नेकुरा नाप्ने र हेर्ने कुनै निकाय छैन । हामीले त कारबाही गर्नेलाई गर्ने र अर्को प्रविधि भित्र्याउने बाटो खोल्नुपर्ने हो । त्यस्तो कुराहरुमा अख्तियारको ध्यान पुग्न सकेको छैन ।" 

उनले दोषीलाई कानुनको दायरामा ल्याउन अख्तियारलाई केले रोकेको हो ? भन्दै प्रश्न गरे । 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro