site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अपराध अनुसन्धानमा ‘डिजिटल फोरेन्सिक ल्याब’ : साढे २१ हजार सबुद परीक्षण

काठमाडौं । नेपाल प्रहरीको ‘डिजिटल फोरेन्सिक ल्याब’ प्रमाणमुखी अपराध अनुसन्धान कार्यमा सहयोग पु¥याउन प्रभावकारी बन्दै गएको छ ।

स्थापनादेखि हालसम्म ल्याबमा चार हजार ५५३ वटा मुद्दाका २१ हजार ४१५ वटा सबुद परीक्षण सम्पन्न गरिएको प्रहरीले जनाएको छ । सो अवधिमा पाँच हजार ११३ वटा मुद्दाका २४ हजार ४२५ वटा सबुद परीक्षणका लागि ल्याबमा दर्ता भएका थिए । तीमध्ये ५६० मुद्दाका तीन हजार १० सबुद परीक्षणको क्रममा रहेका छन् ।

नेपाल प्रहरीका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो सात महिनामा (साउन–माघ) मात्रै ४४० वटा मुद्दाका दुई हजार १६२ वटा सबुद परीक्षण सम्पन्न भएका छन् ।

पछिल्लो सात महिनाको अवधिमा ७५८ वटा मुद्दाका तीन हजार ९१३ वटा सबुद परीक्षणका लागि ल्याबमा दर्ता भएका थिए । तीमध्ये ५६० मुद्दाका तीन हजार १० सबुद परीक्षणको क्रममा रहेका छन् ।

“आजकल अपराधीले समेत कतै न कतै डिजिटल प्रविधि प्रयोग गरेर अपराध गर्न थालेको देखिन्छ । त्यसैले प्रहरीले पनि आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी उच्चतम प्रयोग गर्न थालेको हो । यसले घटनामा भेटिएका प्रमाण वा वस्तुको परीक्षण र विश्लेषण गरी अपराधी पत्ता लगाउन सहज भएको छ,” नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले भने ।

‘डिजिटल फोरेन्सिक’ कम्प्युटर विज्ञानको एउटा शाखा हो । ल्याबले कम्प्युटर, डिजिटल उपकरण, डिजिटल स्टोरेज मिडिया वा डिजिटल कम्प्युटिङ इक्युपमेन्टमा स्टोर हुने डाटालाई अदालत वा न्यायिक प्रक्रियामा मान्य हुने तवरले पहिचान गरी डाटाको आवश्यक विश्लेषणपश्चात आएको नतिजालाई रिपोर्टिङ गर्ने काम गर्दछ ।

ल्याब परीक्षण कार्यलाई प्रभावकारी बनाउन ‘डिजिटल इभिडेन्सेज्’ तथा ‘डिजिटल फोरेन्सिक’ विषयमा तालिम प्रदान गर्ने गरिएको छ । अपराध अनुसन्धानकर्ताहरूमा डिजिटल प्रमाणसम्बन्धी क्षमता अभिवृद्धि गर्ने प्रयास गरिएको प्रहरीको भनाइ छ ।

दक्ष जनशक्ति र साधनस्रोतको प्रयोगबाट प्राप्त हुने सबुदले अदालतलाई मुद्दाको अन्तिम किनारा लगाउन सहजता ल्याउने अपेक्षा गरिएको प्रहरी नायव महानिरीक्षक ढकालको भनाइ छ ।

नेपालमा अपराध अनुसन्धानको क्रममा संकलित वैज्ञानिक प्रमाणहरू संरक्षण, उत्खनन् र विश्लेषण गर्न डिजिटल फोरेन्सिक ल्याब स्थापना भई क्रियाशील रहेको छ । ल्याबका प्रमुख प्रहरी उपरीक्षक श्यामकुमार मण्डल भन्छन्, “हाल ल्याबबाट कम्प्युटर, मोबाइल, सोसियल मिडिया, मल्टिमिडिया, मालवयेर, मेमोरी, ड्रोन, जीपीएस र आईओटी डिभाइस लगायतका फोरेन्सिक परीक्षण र विश्लेषण गरी सम्बन्धित निकायलाई रिपोर्ट प्रदान गर्ने गरिएको छ ।”

अपराधको प्रकृति र प्रवृत्तिमा डिजिटल प्रविधिको प्रयोगतर्फ ध्यान जानु आवश्यक छ । हाल अदालत, संवैधानिक आयोग, नेपाल सरकारबाट गठित समितिहरू, नेपाल प्रहरी, नेपाली सेना, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, वन कार्यालयले समेत फारेन्सिक सेवा प्राप्त गरिरहेका छन् ।

“विश्वव्यापीकरण र विज्ञान प्रविधिको विकासले अपराधमा आएको नयाँ प्रवृत्तिसँग जुध्न सक्ने गरी सेवा विस्तार गर्दैछौँ । ल्याब सेवालाई प्रदेशस्तरमा विस्तार गर्ने लक्ष्य नेपाल प्रहरीको छ,” प्रहरी नायव महानिरीक्षक ढकालले भने ।

नेपाल प्रहरीले २०७२ मंसिर २० गते डिजिटल फोरेन्सिक ल्याबको स्थापना गरेको हो । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागअन्तर्गत रहेर ल्याबले काम गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  ०८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro