site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मौसमविद्लाई प्रश्न– कोसी र गण्डकी प्रदेशमा वर्षा हुँदा वाग्मतीमा पानी पर्ने सम्भावना छैन ? 
फाइल तस्बिर । 
Sarbottam CementSarbottam Cement

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण वर्षाको सम्भावना रहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । 

Prabhu Bank
Agni Group
NIC Asia

विभागका अनुसार दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागले कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Global Ime bank

बिहीबारहल्का वर्षा भएको काठमाडौंमा आज भने वर्षाको सम्भावना छैन । “काठमाडौंमा आज पानी पर्ने सम्भावना छैन । बदली मात्रै हुनेछ,” मौसमविद् गंगा नगरकोटीले भनिन्, “वाग्मती प्रदेशमा नै आज वर्षाको सम्भावना छैन । वाग्मतीमा आज आंशिक बदली मात्रै हुनेछ ।” लामो समयपछि काठमाडौंमा काठमाडौंमा हल्का वर्षा भएको थियो ।  

विभागले राति कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  ०६:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement