site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीको टिप्पणी– नैतिकता नभएको मन्त्री, हुतीहारा प्रधानमन्त्री
तस्बिर : केपी ओलीको सचिवालय ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालामा नैतिकता नभएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि ‘हुतीहारा’को संज्ञा दिए ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकमा उनले मन्त्रीको गलत क्रियाकलापले बालकुमारीमा मान्छेको ज्यान गएको सरकारी प्रतिवेदन रहेको बताए । त्यसकारण मन्त्री ज्वालाले पदबाट राजीनामा दिनुपर्नेमा उनले जोड दिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

प्रधानमन्त्रीले पनि मन्त्रीलाई बर्खास्त गर्न नसकेको ओलीको भनाइ छ । “मन्त्रीको गलत क्रियाकलापले मान्छेको ज्यान गएको प्रतिवेदन छ । मन्त्रीमा नैतिकता छैन,” उनले भने, “राजीनामा दिनुपर्दैन ? प्रधानमन्त्रीमा हटाउने हुती छैन ।”

आफूमाथि दोष लाग्दा समेत मन्त्री ज्वाला गाडीमा राष्ट्रिय झन्डा हल्लाउँदै हिँडिरहेको उनले टिप्पणी गरे । “त्यो मन्त्री बसिरहन मिल्छ ? लोकलाज पनि छैन । नैतिकता नभएको मन्त्री, हुतीहारा प्रधानमन्त्री,” ओलीले भने, “आफूमाथि दोष लाग्दा पनि झन्डा हल्लाउँदै हिँडेका छन् ।”

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १३:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro