प्रविधि
काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ ।
आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
पूर्वअध्यक्ष पुरुषोत्तम खनालको राजीनामापछि सरकारले नयाँ नियुक्ति प्रक्रिया सुरु गरेको थियो ।
भण्डारी सञ्चारमन्त्री रेखा शर्माका आईटी विज्ञ हुन् । प्राधिकरणको अध्यक्षमा भण्डारीलाई नै नियुक्त गर्न खनालमाथि राजीनामा गर्न दबाब दिएको आरोपसमेत लागेको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८० १९:४८
प्रतिक्रिया दिनुहोस्