site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जाजरकोट भूकम्पपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २९ करोड १९ लाख जम्मा 
फाइल तस्बिर ।

काठमाडौं । गत कार्तिकमा जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सवा २९ करोड रुपैयाँ जम्मा भएको छ । 

भूकम्प पीडितको सहयोगका लागि १३६ जना व्यक्ति तथा संस्थाले २९ करोड १९ लाख ९५ हजार १३९ रुपैयाँ कोषमा जम्मा गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 

Dabur Nepal
NIC Asia

गत कार्तिक १७ गते जाजरकोट केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण थुप्रै संरचना भत्किँदा १५४ जनाको मृत्यु भएको थियो । साढे ३०० जनभन्दा बढी घाइते भएका थिए ।

भूकम्पले जाजरकोट, रुकुमपश्चिमलगायतका जिल्लामा ६० हजारभन्दा बढी घरमा क्षति गरेको थियो ।

भूकम्पले ठूलो जनधनको क्षति गरेपछि सरकारले भूकम्प पीडितको सहयोगार्थ कोषमा रकम जम्मा गर्न अनुरोध गरेको थियो । त्यसपछि फागुन ५ गतेसम्मको अवधिमा उक्त रकम कोषमा जम्मा भएको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro