site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ऐनमा सहकारीको परिभाषामा खेलिएको छ : स्वर्णिम वाग्ले  
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले बैंकिङ कसुर ऐनमा सहकारीको परिभाषामा खेलिएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ माथिको छलफलका क्रममा उनले ऐन संशोधनको ‘ड्राफ्ट’ गर्नेहरूले ठूलो अवसर गुमाएको उल्लेख गरे ।

“चेक बाउन्ससँगसँगै सहकारीको मुद्दा पनि यहाँ उठाइएको छ । सहकारीको परिभाषामा खेलिएको छ । त्यो अलिकति नमिलेको जस्तो लागेको छ । हाम्रो पार्टीले हालै एउटा कम्प्रिहेन्सिप स्टडी पनि गरेको थियो,” उनले भने, “सहकारी भन्नाले त्यहाँ बैंकको परिभाषामा नै अन्तरनिहित छ । सहकारी ऐनको परिभाषाअनुसार भनेर त्यो दफा १२ को इंगित गरिएको छ । त्यो मिलेको छैन जस्तो हामीलाइ लागेको छ । यो डाफ्ट गर्ने साथीहरूले हेरिदिनुहोला ।”

राष्ट्रिय सहकारी बैंक अहिले एउटा मात्र भएको उनले बताए । “राष्ट्र बैंकको स्वीकृति लिएर खडा गरिएका सहकारी बैंकहरू अहिले अस्तित्वमा छैनन् । असान्दर्भिक लाग्ने परिभाषामा टेकेर जुन संशोधन ल्याइएको छ,” उनले भने, “यत्रो संशोधनको दोस्रो आधार नै त्यसलाई मानिएको छ, यो अलिकति मिलेन जस्तो लागेको छ । यसमा सम्बन्धित मन्त्रालयको ध्यान जाओस् ।”

आर्थिक अपराध विश्वमा नै बढ्दै गएको भन्दै संशोधन गरिएको ऐनले डिजिटल अर्थतन्त्रलाई समेट्न नसकेको उनले बताए । संशोधन ऐनमा पुरानो युगलाई ‘एड्रेस’ गर्ने खालका कागजी कुरा मात्र समावेश गरिएको उनको भनाइ छ ।

“यो ऐनले पुरानो युगलाई एड्रेस गर्ने खालका कागजी कुराहरूलाई मात्र समावेश गरिएको छ । बैंकिङ कसुरको क्षेत्राधिकारको विषय साँघुरो भयो । डिजिटल अर्थतन्त्रको विषयमा यो साँघुरो भयो,” उनले भने, “घरीघरी यो संशोधन नहुने भएकाले फराकिलो हुनुपर्थ्यो । कागजी कुरालाई मात्र हामीले समेट्नु हुँदैन थियो ।”

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १४:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro