site stats
बाह्रखरी :: Baahrakhari
देश
जसले आठ लाख रुपैयाँमा जापान पठाउने भनेर ३५ लाख ठगे !

काठमाडौं । प्रहरीले जापान पठाउने आश्वासनमा ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको निबुवाटारका ३७ वर्षीय पुरुषोत्तम अधिकारी रहेका छन् ।

उनलाई प्रहरीले आइतबार काठमाडौंस्थित बिजुली बजारबाट पक्राउ गरेको हो । उनी हाल ललितपुरको सानेपामा बस्दै आएका थिए ।

उनले रिता मल्लसहित ६ जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाउने आश्वासन दिएर ठगी गरेको प्रहरीले जनाएको छ । उनले आठ लाख रुपैयाँ लागतमा जापान पठाउने आश्वासन दिएका थिए ।

पीडितहरूलाई अधिकारीले जापान पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लगाइदिने र मासिक दुई लाख ५० हजार रुपैयाँ तलब हुने बताएका थिए ।

Global Ime bank

तर, पीडितहरूबाट पटकपटक ३५ लाख ५० हजार रुपैयाँ रकम लिएपछि उनी सम्पकर्विहीन बनेको प्रहरीले जनाएको छ । 

थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई ्वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu