site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मधेस प्रदेशको सुरक्षाबारे गृहमन्त्रीले लिए जानकारी

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशको सुरक्षाबारे प्रशासनिक निकायबाट जानकारी लिएका छन् ।

बिहीबार महोत्तरीको बर्दिबासमा आयोजित सुरक्षा समीक्षा कार्यक्रममा महोत्तरी र धनुषाका सीडीओ, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका मधेस प्रदेश प्रमुखहरू र जिल्लाका सुरक्षा प्रमुखहरूले सुरक्षा अवस्थाबारे रिपोर्टिङ गरेका थिए ।

रिपोर्टिङ सुनिसकेपछि गृहमन्त्री श्रेष्ठले लागुऔषध नियन्त्रण र कारोबारीलाई कडा कारबाही, त्यसविरुद्ध युवाबीच सचेतना कार्यक्रम गर्न, सुधार केन्द्रहरू बनाउन र यी सबै कार्यमा प्रदेश र पालिका सरकारसँग समन्वय गरेर काम गर्न निर्देशन दिए ।

त्यसक्रममा उनले संघीय सरकार प्रदेश प्रहरी समायोजनको प्रक्रियामा रहेको उल्लेख गरे । धार्मिक विषयमा सहिष्णु हुन तर सद्भाव भड्कन नदिन र साम्प्रदायिक गतिविधिलाई प्रशासनिक विधिबाटै नियन्त्रण गर्न उनले निर्देशन दिए ।

सीमामा राजस्व चुहावट नियन्त्रण गर्न, राजस्व बढाउन, अवैध कारोबार नियन्त्रण र ‘क्रस बोर्डर क्राइम’ रोक्न बोर्डर पोस्ट थप्ने गृहकार्यमा सरकार रहेको गृहमन्त्री श्रेष्ठले बताए । मिटरब्याजीको नाममा कुनै बिचौलिया देखिए ध्यान दिएर कारबाही गर्न समेत उनले निर्देशन दिए ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  ११:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro