site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
छानबिन समितिले सरकारलाई बुझायो एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी प्रतिवेदन

काठमाडौं । एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी छानबिन एवं अध्ययन गर्न गठित समितिले तयार पारेको प्रतिवेदन सरकारलाई बुझाएको छ ।

सोमबार समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई प्रतिवेदन हस्तान्तरण गरेको हो ।

एनसेलको मुख्य कम्पनी आजियाटाले गएको डिसेम्बर १ मा आफ्नो सेयर स्वामित्व बिक्री गर्दै नेपालबाट बाहिरिएको घोषणा गरेको थियो । 

हालसम्म कम्पनीले सेयर खरिद–बिक्रीका निम्ति प्राधिकरणबाट स्वीकृति भने लिएको छैन ।

आजियाटाले उद्योग विभागलाई भने आफ्नो ८० प्रतिशत सेयर बिक्री गरेको जानकारी गराइसकेको छ ।

आजियाटाको बेलायतमा रहेको कम्पनी आजियाटा यूके लिमिटेडले आफ्नो स्वामित्वमा रहेको एनसेलको ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गरेको जनाएको थियो । 

स्पेक्ट्रलाइट यूके लिमिटेड नेपाली मूलका व्यापारी सतिशलाल आचार्यको कम्पनी हो ।

कम्पनी रजिस्ट्रार कार्यालयका अनुसार, एनसेलको ८० प्रतिशत सेयर विदेशी कम्पनी रेनोल्ड्स होल्डिङको नाममा छ । सोही कम्पनीको स्वामित्व आजियाटा यूकेले स्पेक्ट्रलाइटलाई बेचेको हो ।

एनसेलको २० प्रतिशत सेयर नेपाली कम्पनी सुनिभेरा क्यापिटल भेन्चरको नाममा छ ।

अस्वाभाविक मूल्य र प्रक्रियामा सेयर खरिदबिक्री भएको देखिएपछि यो विषयले देशव्यापी चर्चा पाएको थियो । 

यही प्रकरण छानबिन गर्न सरकारले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो ।

छानबिन समितिको सदस्यमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहेका थिए ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १९:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro