site stats
बाह्रखरी :: Baahrakhari
देश
इमेज बचत सहकारीका कोषाध्यक्ष सुनार पक्राउ

काठमाडौं । बागलुङस्थित इमेज बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष २७ वर्षीया लक्ष्मी सेन सुनार पक्राउ परेकी छन् ।

बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेर उनीसहितका सहकारीका सञ्चालक फरार थिए । 

खोजी गर्ने क्रममा  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सुनारलाई ललितपुर महानगरपालिका–३, धोबिघाटबाट बिहीबार पक्राउ गरेको हो । 

रकम हिनामिना गरेको आरोप लागेर फरार रहेका सहकारीका अध्यक्ष देवकुमार नेपालीलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले रेड नोटिस जारी गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १२:२८
प्रतिक्रिया दिनुहोस्