site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
२९ हजार नक्कली लाइसेन्स निष्क्रिय, ७२ हजार लाइसेन्सको जाँचबुझ गरिँदै

काठमाडौं । यातायात व्यवस्था विभागले फर्जी फेला पारेका एक लाख दुई हजारमध्ये २९ हजार सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) निष्क्रिय पारेको छ ।

सम्पूर्ण विवरण हटाएर लाइसेन्स नम्बर मात्रै बाँकी राखिएका करिब २९ हजार लाइसेन्स विभागको डाटाबेसमा थिए । ती लाइसेन्स कसैलाई जारी हुन नसक्ने गरी सिस्टममा विवरण राख्न खोज्दा ‘रेस्पोन्स’ नहुने गरी निष्क्रिय पारिएको विभागका महानिर्देशक उद्धवप्रशाद रिजालले बताए ।

यस्तै, वितरण भइसकेका तर फर्जी आशंका गरिएका करिब ७२ हजार लाइसेन्सको जाँचबुझ गर्न प्रदेश सरकारलाई भनिएको विभागले जनाएको छ । लाइसेन्स जारी गर्ने र खारेज गर्न सक्ने अधिकार प्रदेश सरकारसँग छ ।

Dabur Nepal
NIC Asia

विभागले लाइसेन्सको सम्पूर्ण अनलाइन सिस्टमका हकमा मात्रै सातै प्रदेशका लागि समन्वय गर्दै आएको छ ।

त्यसैकारण वितरण भइसकेका ७२ हजार फर्जी देखिएका लाइसेन्सबारे जाँचबुझ गर्न प्रदेश सरकारहरूलाई जानकारी गराएको विभागले जनाएको हो ।

प्रदेश सरकारले यस्ता लाइसेन्सको जाँचबुँझ गर्ने र फर्जी पुष्टि भएपछि खारेज गर्न सक्ने विभागका महानिर्देशक रिजालले बताउँछन् ।

पुरानो कागजी लाइसेन्स बताएर कयौँ नयाँ फर्जी लाइसेन्स जारी भएको विभागको आँकलन छ ।

त्यस्ता कागजी लाइसेन्स पहिले जारी भए/नभएको कुरा ढड्डा हेरेर पुष्टि गरेर मात्रै थाहा हुने विभागले जनाएको छ ।

देशभर सातै प्रदेशका ३५ वटा यातायात कार्यालयबाट फर्जी लाइसेन्स जारी भएको आशंका गरिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १९:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro