site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ओमन पठाइदिने भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका निम्ति ओमन पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ का उज्वलराज पाण्डे छन् ।

पाण्डेलाई आइतबार (हिजो) काठमाडौंको बौद्धबाट पक्राउ गरिएको हो । उनी बौद्धमा बस्दै आएका थिए ।

पाण्डेले विवेक सुनारसहित तीनजनालाई वैदेशिक रोजगारीका निम्ति ओमन पठाइदिने बताएका थिए । त्यसका निम्ति प्रतिव्यक्ति दुई लाख ५० हजार रुपैयाँ लाग्ने उनको भनाइ थियो ।

ओमन पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक ६० हजार रुपैयाँ तलब हुने भन्दै प्रलोभनमा पारेको उनीमाथि आरोप छ । उनले पीडितबाट पटक–पटक गरी पाँच लाख ३० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

थप अनुसन्धान तथा कारबाहीका निम्ति उनलाई वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro