site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पल्सर स्पोर्ट्स अवार्ड २०औं संस्करणको हस्पिटालिटी पार्टनर होटेल याक एन्ड यति 

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २०औं संस्करण होटेल याक एण्ड यतिको लाल दरबार हलमा हुने भएको छ । होटेल याक एन्ड यति र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)बीच कार्यक्रमको मुख्य आयोजनास्थल सम्बन्धी सम्झौता भएको हो । सम्झौता पत्रमा याक एन्ड यतिका महाप्रबन्धक मोनिका साइब्लावर र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले हस्ताक्षर गरे । सम्झौताअनुसार होटेल याक एन्ड यति २०औं संस्करण पल्सर स्पोर्ट्स अवार्डको हस्पिटालिटी पार्टनरको रूपमा रहनेछ ।

सम्झौतापछि महाप्रबन्धक मोनिका साइब्लावरले नेपाली खेलाडीलाई पुरस्कृत गर्ने यो प्रतिष्ठित अवार्ड कार्यक्रममा जोडिन पाउँदा खुसी लागेको बताए । 

“विगतमा मञ्चले ठूलो संख्याको दर्शकमाझ अवार्ड कार्यक्रम गर्दै आएकोमा यसपालि फरक स्वरुपमा प्रस्तुत गर्ने क्रममा पाँचतारे होटेल रोजेका हौं, यसले नयाँ रूपले अवार्डलाई बढाउन सहयोग पुग्ने विश्वास लिएका छौं,” मञ्चका अध्यक्ष सुवेदीले भने । 

Dabur Nepal
NIC Asia

पल्सर स्पोर्ट्स अवार्ड यही माघ २८ गते हुनेछ । विभिन्न ९ विधामा हुने अवार्ड कार्यक्रमको पिपल्स च्वाइस विधाको मनोनयनमा पर्ने खेलाडीको नाम सार्वजनिक भइसकेको छ । त्यसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ पिपल्स च्वाइसको प्रतिस्पर्धामा छन् । 

यस विधाको विजेता ई–सेवा भोटिङ, मञ्चका सदस्यको मत, सामाजिक सञ्जाल (एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजबाट गर्नुपर्ने)बाट मत र २७ खेलका प्रमुख प्रशिक्षकको मतका आधारमा हुनेछ ।

पल्सर स्पोर्ट्स अवार्ड २०७९ का लागि प्रदान गरिने अन्य विधामा उत्कृष्ट वर्ष पुरुष खेलाडी, उत्कृष्ट वर्ष महिला खेलाडी, उत्कृष्ट वर्ष प्रशिक्षक, उत्कृष्ट वर्ष युवा खेलाडी, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र  एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेको छ ।

वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पाउनेछन् । अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर पाउनेछन् । वर्ष खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षकको मनोनयन केही दिनमै सार्वजनिक गरिनेछ । 

मनोनयन नहुने विधा लाइफटाइम, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड पाउने व्यक्तिको घोषणा कार्यक्रमकै दिन गरिनेछ । 

यस वर्ष पनि एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकको रूपमा हंशराज हुलासचन्द एन्ड कम्पनीको बजाज पल्सर मोटरसाइकल रहनेछ । अन्य सह–प्रायोजक तथा सहयोगीमा ई–सेवा, सूर्य नेपाल प्रालि, सुबिसु, प्लाजा गु्रप अफ होटेल, रोयल सिंगी होटेल, लालपूर्जा नेपाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १४:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro