site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रेखा थापाको ‘उपहार’को फर्स्टलुक सार्वजनिक
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली चलचित्र ‘उपहार’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । माघे संक्रान्तिको अवसर पारेर चार पोस्टर सार्वजनिक गरिएको हो ।

चलचित्र आउँदो फागुन २५ गते रिलिज हुनेछ । फर्स्टलुक पोस्टरमा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाललगायत कलाकारलाई स्थान दिइएको छ ।

रेखा थापा चलचित्रको प्रस्तुतकर्ता समेत हुन् । रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको ब्यानरमा बनाइएको सिनेमामा सुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता छन् । बलराम शाही कार्यकारी निर्माता ठकुरी हुन् । चलचित्रमा ज्ञानेन्द्र देउजाको निर्देशन छ ।

निर्माण पक्षले यसअघि सिनेमाका ‘वाह वाह वाह’ र ‘मुटुको चार आना’ बोलका गीत सार्वजनिक गरेको थियो ।

चलचित्रमा रेखा थापा, मुकुन भुसाल, पूजा शर्मा, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुसाललगायत कलाकारको अभिनय छ ।

p3-1705301311.jpg

p1-1705301310.jpg

p2-1705301310.jpg

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro