site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
यमनमा हुथीविरुद्ध अमेरिका र बेलायतको हमला
तस्बिर : रोयटर्स ।

काठमाडौं । अमेरिका र बेलायती सैनिकले यमनमा हुथी विद्रोहीलाई लक्षित हवाई हमला गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई इरान समर्थित हुथी विद्रोहीले लालसागर (रेड सी)मा पानीजहाजमाथि गरेको आक्रमणको जवाफी हमला भनेका छन् ।

प्यालेस्टाइनको लडाकु समूह हमासले गरेको आक्रमणपछि इजरायलले अक्टोबर ७ देखि गाजामा युद्ध थालेको थियो । गएको नोभेम्बरदेखि हुथीले लालसागरमा इजरायलतर्फ जाने पानीजहाजमा आक्रमण गर्न सुरु गरेको थियो ।

Dabur Nepal
NIC Asia

हुथी उपविदेशमन्त्री हुसेन अल–इज्जीले अमेरिका र बेलायतले यो आक्रमणको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले शाही वायुसेनाका लडाकु विमानले हुथीको सैन्य सुविधाविरुद्ध लक्षित हमला गर्न मद्दत गरेको बताएका छन् । उनले यो कदम आत्मरक्षाका निम्ति सीमित र आवश्यक भएको बताएका छन् ।

नेदरल्यान्ड्स, अस्ट्रेलिया, क्यानडा र बहराइनले यो मिसनमा सहयोग गरेको बाइडेनले बताएका छन् ।

यमनको राजधानी साना, लाल सागरमा रहेको हुथीको बन्दरगाह हुदायदाह, धामार र उत्तर–पश्चिमस्थित हुथीको किल्ला मानिने सादामा आक्रमण गरिएको बताइएको छ ।

यमनको ठूलो हिस्सा हुथीको नियन्त्रणमा छ । इजरायलतर्फ जाने जहाजलाई लक्षित गरेर हुथीले हमासलाई समर्थन गरिरहेको छ । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १०:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro