site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जापान भूकम्पमा परी मृत्यु हुनेको संख्या २१३ पुग्यो, अझै ५२ जना बेपत्ता

टोकियो । सन् २०२४ जनवरी १ मा जापानमा गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पले इशिकावालगायत आसपासका क्षेत्रमा मृत्यु हुनेको संखया २१३ पुगेको स्थानीय सञ्चार माध्यामहरूले जनाएका छन् ।  

बिहीबारसम्म भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावामा अझै ५२ जना बेपत्ता रहेको पुष्टि भएको छ । यसैगरी भूकम्पका कारण कम्तीमा ५६७ जना घाइते भएको सार्वजनिक प्रसारक एनएचके टेलीभिजनले जनाएको छ ।

मृत्यु हुनेमध्ये सुजु सहरमा ९८, वाजिमा ८३, अनमिजुमा २०, नानाओमा पाँच, नोटोमा चार, शिका र हाकुई सहरमा एक/एकजनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । 

क्षेत्रीय सरकारले भूकम्प तथा अन्य आठ प्रकोपसँग सम्बन्धित मृत्युको समेत पुष्टि गरेको छ । भूकम्पको जोखिबाट बाचेका तर आर्थिक विपन्नताका कारण भूकम्पपछिको शारीरिक र मानसिक पीडा तथा चोटपटकले गर्दा मृत्युवरण गरेको सरकार क्षेत्रीय सरकारले जनाएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro