site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भैरहवा विमानस्थलको आईएलएस सञ्चालन सम्झौता हुनुपर्छ : प्राधिकरण

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय बैठकमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको आईएलएस सञ्चालनको  अनुमति लिने विषयलाई एजेन्डा बनाउन आग्रह गरेको छ ।  

आज काठमाडौंमा हुने नेपाल र भारतको विदेशमन्त्रीस्तरीय संयुक्त बैठकमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको ‘इन्स्ट्रमेन्ट ल्यान्डिङ सिस्टम’ (आईएलएस) सञ्चालन गर्न भारतसँग सम्झौता गर्नुपर्ने प्रधारिकरणले बताएको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कम भिजिबिलिटी भएको समयमा विमान अवतरण गर्न भारतको आकाश प्रयोग हुने भएकाले भारत सरकारको अनुमति आवश्यक पर्छ । 

भारत सरकारको अनुमतिका लागि परराष्ट्रमन्त्रीस्तरीय संयुक्त बैठकमा आईएलएस सञ्चालनको एजेन्डा राखि सम्झौता नै आवश्यक रहेको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए । न्युज एजेन्सी नेपालसँग सहप्रवक्ता भुलले जाडो तथा वर्षातको समयमा लाग्ने बाक्लो हुस्सुका कारण जहाज उडान तथा अवतरण प्रभावित नहोस् भनेर विमानस्थल निर्माणसँगै आईएलएस जडान गरिएको भए पनि भारतको अनुमति नहुँदा अहिलेसम्म सञ्चालन गर्न नसकिएको बताए । 

आईएलएस कहिले काहीँ भारतीय विमानले पनि प्रयोग गर्नसक्ने भएकाले दुवै देशले संयुक्त रूपमा सम्झौता गर्न आवश्यक रहेको उनको भनाइ छ । 

उनले अन्तर्राष्ट्रिय उडानमा सिमराबाहेक थप अन्य सीमा विन्दुबाट प्रवेश गर्न नपाइने अवस्था रहेकाले अन्य प्रवेश विन्दुबाट पनि नेपालमा जहाज प्रवेश दिने सम्झौता गर्न आवश्यक भएको बताए । भारतले सिमरा बाहेकका अन्य नेपाल प्रवेश सीमा बिन्दुबाट जहाज उडान गर्न अनुमति दिए हवाई उडान छोटो हुनेछ । 

भारतको चारदिने भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटपछि आईएलएस सञ्चालनमा बाटो खुल्यो भनिए पनि अहिलसम्म सञ्चालनमा आएको छैन । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  ०९:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro