site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दाङमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु, स्थानीयले गरे तोडफोड

काठमाडौं । दाङमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा तुलसीपुर–१७ का आठ वर्षीय उत्तम चौधरी छन् । उनको घटनास्थलमा नै मृत्यु भएको हो । चौधरी दुघरास स्कुलमा कक्षा ३ मा अध्ययनरत थिए । 

Dabur Nepal
NIC Asia

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको भे १ ख ३६९७ नम्बरको बसले सोमबार दिउँसो ठक्कर दिएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख उमेशराज जोशीले जानकारी दिए । 

स्कुलबाट घर फर्किने क्रममा बसले ठक्कर दिएको थियो ।

विद्यार्थी, अभिभावक तथा स्थानीयले नाराबाजीसहित ठक्कर दिने गाडी तोडफोड गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरको भ्यानमा समेत क्षति पुर्‍याएका छन् । घटनापछि अहिले घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध बनाएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १८:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro