site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डुम्रेबाट हराएका विदेशी नागरिक ४ दिनपछि जंगलमा भेटिए

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारबाट सम्पर्कविहीन भएका एक विदेशी पर्यटक भेटिएका छन् ।

क्यानडाका किल्क मिल्हौसेन बेपत्ता भएको चार दिनपछि भेटिएका हुन् ।

निजलाई व्यास नगरपालिका–१२ स्थित घाँसीकुवा नजिक भेटाएर काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

उनले भने, “प्रहरीले निज जान सक्ने सम्भावित ठाउँहरूको खोजी गर्दै जाँदा घाँसीकुवाको माथिपट्टि रहेको जंगलमा भेटाएको हो । उहाँलाई आजै काठमाडौं पठाएका छौँ ।”

पोखराबाट काठमाडौं जाने क्रममा ती पर्यटक डुम्रे बजारमा झरेको र त्यसपछि सम्पर्कविहीन भएका थिए । निजको सामान भने सोही दिन काठमाडौं पुगेको थियो । रासस

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  २३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro