site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मनाइयो वीरेन्द्रजयन्ती

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र शाहको ७९औँ जन्मजयन्ती शनिबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

२००२ साल पुस १४ गते तत्कालीन राजा महेन्द्र र रानी इन्द्रराज्यलक्ष्मीको पहिलो पुत्रका रूपमा वीरेन्द्रको जन्म भएको थियो । बुवा महेन्द्रको निधनपछि २०२८ साल माघमा उनले राजगद्दी सम्हालेका थिए ।

जन्मजयन्तीका अवसरमा राजसंस्था समर्थकले ललितपुरको जावलाखेलस्थित वीरेन्द्रको सालिकमा माल्यार्पण गरे । ०५८ जेठ १९ गते राजा वीरेन्द्रको निधन भएको थियो ।

पारिवारिक जमघटमा भएको गोलीकाण्डमा उनीसहित रानी ऐश्वर्य, छोराहरू युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, छोरी श्रुतिसहित आफन्त मारिएका थिए । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १४:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro