देश
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४, गोकर्ण हनुमान चोकबाट नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । एक हजार दरको २४ थान नक्कली नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा काठमाडौंको काँडाघारी बस्ने रामेछाप दिमपोखरी घर भएकी ४० वर्षीयाा सरिता तामाङ रहेकी छन् । उनलाई प्रहरीले बिहीबार राति पक्राउ गरेको हो ।
उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरिएको जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८० १५:००
प्रतिक्रिया दिनुहोस्