site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यौनिक तथा लैंगिक अल्पसंख्यक जोडीको विवाह दर्ता

काठमाडौं । कैलालीको धनगढीमा यौनिक तथा लैंगिक अल्पसंख्यक (एलजीबीटीआईक्यू) समुदायका एक जोडीको विवाहले कानुनी मान्यता पाएको छ । 

चार वर्षअघि विवाह गरेका कैलालीको कैलारी गाउँपालिका–८ का प्रकाश चौधरी र दाङको तुलसीपुर उपमहानगरपालिका–१ की  मनिला न्यौपानेको विवाहले मान्यता पाएको हो । 

Dabur Nepal
NIC Asia

उनीहरू दुवैजना ट्रान्सजेन्डर समुदायका हुन् । शुक्रबार कैलारी गाउँपालिका–८ को कार्यालयले उनीहरूलाई विवाह दर्ताको प्रमाणपत्र उपलब्ध गराएको हो ।

समलिंगी विवाहलाई कानुनी मान्यता दिलाउन निल हिरा समाजकी अध्यक्ष पिंकी गुरुङको नेतृत्वमा सो समुदायका १० जनाको समूहले सर्वोच्च अदालतमा मुद्दा लडिरहेको थियो । 

२०८० असार १३ गते सर्वोच्च अदालतले समलिंगी विवाह दर्ता गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको थियो । 

यसअघि लमजुङको दोर्दी गाउँपालिकाले नेपालमै पहिलोपटक समलिंगी जोडी माया गुरुङ र सुरेन्द्र पाण्डेको विवाहको अस्थायी दर्ता गराएको थियो ।

bihe-1703408358.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १४:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro