site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गलत भाष्यलाई चिर्न र नयाँ स्थापित गर्न यात्रा सफल भयो : ओली 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झुलाझाट– चिवाभञ्ज्याङ यात्रा सफल भएको बताएका छन् । यात्राबारे आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले लाखौँ मानिसहरू प्रत्यक्ष रूपमा सहभागी भएको बताए । 

“अत्यन्तै उत्साहप्रद र सफल रह्यो । जनताको असाधारण सहभागिता रह्यो । लाखौँ मानिसहरू प्रत्यक्ष रूपमा सहभागी हुनुभयो,” ओलीले भने । 

Dabur Nepal
NIC Asia

उनले यात्राका क्रममा क्वीन्टल मकै फुटिएको र माला गाँसिएको दाबी गरे । “कति क्वीन्टल मकै मात्रै फुटिए होला । कति टन माला मात्रै गुथिए होला,” ओलीले भने । 

उनले यात्राका क्रममा स्थानीय समस्याबारे गम्भीर विचार विमर्श भएको बताए । उनले समाजमा स्थापित गर्न खोजिएको गतल भाष्य तोडिएको बताए । 

“अनेक प्रकारका भाष्यहरू तयार गर्न खोजिएको थियो । हुनत त्यस्ता भाष्य कहिले तयार गर्न खोजिएको हुन्छ,” ओलीले भने, “अहिले पनि राणा शासन नै राम्रो थ्यो भन्ने भेटिन्छन् । पञ्चायत राम्रोथ्यो भन्ने भेटिन्छन् । गलत भाष्यलाई चिर्न र नयाँ सही भाष्य स्थापित गर्न यो यात्रा सफल भएको छ । हामी सफल भएका छौँ ।” 

ओलीले राजनीतिक रूपमा जनतामा आइरहेको नैराश्य भावनालाई चिर्ने काम गरिएको बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro