site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अहिलेको संरचनालाई बलियो बनाएर लैजानुको विकल्प छैन : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले अहिलेको संरचना चलाउन नहुने बताएका छन् ।

बिहीबार आयोगको हलमा आयोजित पत्रकार सम्मेलनामा बोल्दै उपाध्यक्ष श्रेष्ठले अहिलेको संरचनालाई बलियो बनाएर लैजानुको विकल्प नभएको बताएका हुन् ।

“अहिले प्रदेशले काम गरेनन् भनिन्छ । तर, काम गर्न उपयुक्त कानुन बनाइएको छैन,” उनले भने, “राजनीति स्थिर भए सबै सहज हुन्छ । तर, अहिलेको संरचनामा काम गर्ने वातावरण बनाउनुपर्छ ।”

१६औँ पञ्चवर्षीय योजनाको ड्राफ्ट तयार पारिरहेको भन्दै तीन वटै तहलाई ध्यानमा राखेर तयार गरिएको उनले बताए । १६औँ योजनाको सुझाव लिने क्रममा संघीयतालाई प्रभावकारी बनाउनु पर्नेमा सरोकारवालाबाट आवाज उठेको श्रेष्ठले बताए ।

त्यस्तै, सुझावको क्रममा योजना आयोगले १६औँ योजनामा प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने पनि आवाज उठेको उनले बताए । संघीयतालाई अधिकार सम्पन्न गर्न सके आर्थिक वृद्धिले फड्को मार्ने उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।

योजना बनाउँदा विगतलाई हेरेर बनाइने पनि उनले बताए । “१६औँ पञ्चवर्षीय योजना यस्तो नै बन्छ भन्ने फाइनल भएको छैन । हामीले यसकार तयारी गरिरहेका छौँ । हामीले पाँच वर्षमा ८० खर्बको अर्थतन्त्र बनाउने लक्ष्यमा छौं,” उनले भने, “क्षेत्रगत अध्ययन गरिरहेका छौँ । मन्त्रालयगत कार्ययोजना पनि माग्नेछौँ ।”

आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय आयोजना बैंकमा प्रविष्ट भई आवश्यक मापदण्ड पूरा गरेका आयोजना र कार्यक्रममा मात्र बजेट विनियोजन गरिने पनि उनले बताए ।

बजेट तयारीमा पर्याप्त गृहकार्य गरेर हरेक कार्यक्रमको तर्कसहित कार्यक्रम प्रस्ताव गर्न पनि भनिने श्रेष्ठले बताए । मापदण्ड पूरा नगरेका आयोजनालाई बजेटमा समावेश नगर्ने पनि आयोगको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro