site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ताराध्वजलाई बढुवा गरेको भनेपछि ‘कड्किए’ प्रधान सेनापति, सेनाले न्वारन गर्ने होइन ! 

काठमाडौं । नेपाली सेनाको विषयमा विवाद ल्याउनकै लागि गलत हल्ला चलाइएको भन्दै प्रधान सेनापति प्रभुराम शर्मा आक्रोशित भएका छन् । 

बुधबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूको प्रश्नपछि शर्माले सेनाले आफ्ना कर्मचारीको कागजात हेरेर उमेर निर्धारित हुने भन्दै सेनाले न्वारन नगर्ने बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“ताराध्वज पाण्डेको बढुवा सिफारिस भएको होइन, सात दिने सूचना भएको हो । यसमा उसको बोलाइ, लवाइ, खवाइ, मानसिक अवस्था कस्तो छ ? यी सबै हेर्ने काम सातदिन भित्र हुन्छ । त्यो सातदिनभित्र रिपोर्ट आयो,” शर्माले भने, “नेपाली सेनालाई कमजोर बनाउने र अरूको अगाडि गिराउने काम भएको हो । त्यो गिरोहले गरेको हो ।” 

उनले सेनामा रहेका सकल दर्जाको उमेर उसका कागजातले गर्ने भन्दै त्यसभन्दा बाहिरका प्रमाण खोज्ने काम सेनाको नभएको बताए । 

“कसैको पनि उमेर एसएलसी, नागरिकता र शैक्षिक प्रमाणपत्रले प्रमाणित गर्छ । यसैको आधारमा रेकर्ड राख्ने हो,” शर्माले भने, “नेपाल आर्मी न्वारन गर्ने निकाय हैन । हामीले ‘रिकन्फर्म’ गर्न सीडीओ कार्यालयलाई सोध्ने हो । प्रशासन कार्यालय, विश्वविद्यालय पनि ठिक छ भनेको छ ।” 

सेनाले बढुवाका लागि त्यति मात्र नहेर्ने भन्दै अन्य व्यक्तिगत गुण अपगुणको पनि विश्लेषण हुने बताए । 

“हामी त्यति मात्र हेर्दैनौँ । नेपाली सेनामा व्यक्तिगत गुण पनि चाहिन्छ । बोल्न सक्छ सक्दैन, धेरै बोल्छ कि, विदेशी हप्तामा एक पटक आउँछन् उनीहरूसँग कुरा गर्नसक्छ कि सक्दैन, कार्यसम्पादन हेरिन्छ,” उनले भने, “नेतृत्व क्षमता हेरिन्छ, पेसागत क्षमता, कार्यकुशलता, मेडिकल क्याटगोरीसहित सबै कुरा हेरेपछि मात्र प्रमोसन गरिन्छ ।”

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १५:५०
प्रतिक्रिया दिनुहोस्