काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ४९औँ दीक्षान्त समारोह त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गरेको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार यस वर्ष १२ हजार ४१५ विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका छन् । त्रिवि ग्रेसलिस्टमा परेका ७४ हजार ७४९ विद्यार्थीमध्ये यसपटक १२ हजार ४१५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए ।
स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार १०४, एमफिलतर्फ ४४ तथा विद्यावारिधीतर्फ ११२ विद्यार्थी दीक्षित भएका छन् । दीक्षान्त समारोहमा विभिन्न पदक र पुरस्कार समेत वितरण गरिएको छ ।
हेर्नोस् तस्बिरहरू