site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
लेबनान–इजरायल सीमामा भिडन्त, ६ जनाको मृत्यु

बेरुत । लेबनान–इजरायल सीमामा शुक्रबार भएको भिडन्तमा चार हिजबुल्लाह लडाकु र प्यालेस्टाइनी इस्लामिक जिहाद (पीआईजे) अभियानका दुई सदस्य मारिएको लेबनानी सैन्य सूत्रले बताएको छ ।

दक्षिणी लेबनानमा सीमावर्ती इलाकालाई निसाना बनाएर गरिएको इजरायली बमबारीमा चार लेबनानी नागरिक र दुई लेबनानी सैनिक घाइते भएका नाम उल्लेख नगर्ने सर्तमा सूत्रले बतायो ।

Dabur Nepal
NIC Asia

दुई अलग–अलग इजरायली आक्रमणमा चार हिजबुल्लाह लडाकु मारिएको सूत्रले उल्लेख गरेको छ । दक्षिणपश्चिम लेबनानको जंगली क्षेत्रलाई निसाना बनाएर गरिएको इजरायली आक्रमणमा पीआईजेका दुई सदस्यको मृत्यु भएको थियो ।

सैन्य सूत्रका अनुसार लेबनानको दक्षिणपश्चिममा २६ र दक्षिणपूर्वका १५ सहर र गाउँमा इजरायलले बमबारी गरेको छ ।

यसैबीच, आफ्ना लडाकुले इजरायलका सात स्थानमा आक्रमण गर्दा एकजनाको मृत्यु भएको र अरू एक घाइते भएको हिजबुल्लाहले जनाएको छ । रासस/सिन्ह्वा

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro