site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
सतिशलाललाई बेचेसँगै आजियाटाले वेबसाइटबाट हटायो एनसेल

काठमाडौं । मलेसियन कम्पनी आजियाटा ग्रुप बहार्डले आफ्नो वेबसाइटमा उल्लेखित ब्रान्ड विवरणबाट नेपालमा रहेको एनसेललाई हटाएको छ ।

आजियाटाले केही दिनअघि नेपालको एनसेलमा रहेको ८० प्रतिशत सेयर रहेको रेनोल्ड्स होल्डिङ नेपाली मुलका सतिशलाल आचार्यको बेलायतमा रहेको स्पेक्ट्रलाइट यूकेलाई बेचेको घोषणा गरेको थियो ।

स्पेक्ट्रलाइट यूकेले एनसेल किनेसँगै आजियाटाले आफ्नो वेबसाइटमा रहेको आफ्ना कम्पनीहरूमध्येबाट एनसेल हटाएको हो ।

केही दिनअघिको आजियाटाको वेबसाइटमा एनसेल समेत उल्लेख थियो । अहिले आजियाटाले  एनसेलको विवरण हटाएको हो ।

Global Ime bank

यता सरकारले भने एनसेलको कारोबार मूल्य र प्रक्रिया अस्वभाविक देखिएको भन्दै छानबिनका लागि उच्चस्तरीय समिति बनाएको छ ।

सर्वोच्च अदालतले पनि सेयर खरिदबिक्री प्रक्रिया रोक्न आदेश दिइसकेको छ ।

axiata-december-1-(1)-1702020745.JPG

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १३:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu