राजनीति
काठमाडौं । प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एनसेल खरिद–बिक्री प्रकरणमा ठूला नेता र उच्च पदस्थको डिल भएको आरोप लगाएका छन् ।
बुधबारको सार्वजनिक लेखा समितिको बैठकमा उनले त्यस्तो दाबी गरेका हुन् । “यो डिल राष्ट्रका ठूला नेता र उच्च पदस्थबाट भएको छ । यो डिल सफल भएमा माफिया राज्य घोषणा गर्दा फरक पर्दैन,” सिंहले भने ।
उनले ११ अर्ब मुनाफा गर्ने कम्पनी ६ अर्बमा कसरी बेचियो भन्दै प्रश्न गरे । “मुनाफा ११ अर्ब गर्ने कम्पनी ६ अर्बमा बेचियो ? ४० अर्ब लोन छ कसरी ६ अर्बमा बेचियो ?,” उनले भने ।
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८० १५:४३
प्रतिक्रिया दिनुहोस्