site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आजियाटाको वक्तव्यले भविष्यमा वैदेशिक लगानी निरुत्साहित हुनसक्छ, प्रतिकार गरौँ : सांसद श्रेष्ठ

काठमाडौं । एनसेलको सेयर बिक्रेता कम्पनी आजियाटाको वक्तव्यले नेपालको अन्तर्राष्ट्रिय छविमा आँच पुग्ने र भविष्यमा वैदेशिक लगानी निरुत्साहित हुने भन्दै सांसद सुमना श्रेष्ठले प्रतिकार गर्नुपर्ने बताएकी छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद श्रेष्ठले सोमबार संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पाँच प्रश्न दर्ता गराएकी छन् । उनले ठूला करदाता कार्यालयले थप निर्धारण गरेको कर बक्यौता कति छ र आजियाटा बाहिरिएको अवस्थामा तिर्ने जिम्मा कसको हुन्छ भन्दै प्रश्न गरेकी छन् ।
 
श्रेष्ठले पूर्वस्वीकृति नलिइ प्रमुख शेयरधनी आजियाटा बाहिरिदा परिणाम के हुन्छन् ? आजियाटाले बेहोर्नुपर्ने कुनै जरिबाना वा सजाय हुन्छ ? भन्दै प्रश्न उठाएकी छन् । उनले टेलियासोनारले आजियाटालाई एनसेल बिक्री गर्दा निर्धारण गरेको र एक्जियाटाले कबोल गरेको क्यापिटल गेन्स कर पूर्ण भुक्तानी गरेको छ कि छैन ? भन्ने प्रश्न सोधेकी छन् । 

Dabur Nepal
NIC Asia

उनले सोसम्बन्धी जानकारी यथाशीघ्र समितिलाई उपलब्ध गराइदिन माग गरेकी छन् । “सोसम्बन्धी जानकारी यथाशीघ्र समितिलाई उपलब्ध गराइदिनुहुन समितिमा माननीय मन्त्री रेखा शर्मा, विगतमा टेलियासोनरा आजियाटा प्रकरणमा मुद्दामा नेपालको पक्षमा बहस गर्नु भएका अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता बालकृष्ण न्यौपाने, उद्योग सञ्चालनमा भएका चुनौतीहरू र स्थिति सुधारका लागि लगानी बोर्ड नेपाल र दोहोरो करबारे बुझ्नका लागि आन्तरिक राजस्व विभागका प्रतिनिधिलाई बोलाएर कुराकानी गर्नुपर्ने आवश्यक देखेकी छु,” श्रेष्ठले उल्लेख गरेकी छन् ।

Sumana-Shrestha-1701677978.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro