site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आज २४ मिनेटसम्म किन खुलेन नेप्से ? कारण यस्तो छ

काठमाडौं । नियमित रुपमा ११ बजे खुल्ने सेयर बजार आज ११ बजेर २४ मिनेट जाँदा मात्र खुल्यो । सामाजिक सञ्जालमा लगानीकर्ताबीच यस विषयमा केहीबेर जुहारी पनि चल्यो ।

कतिपयले त नेप्सेको लापरवाहीले गर्दा अर्काे स्टक एक्सचेन्ज आवश्यक परेको पनि भन्न भ्याए ।

तर, नेप्सेको सिस्टम बिग्रिएको भने हैन । सानो कमजोरीले गर्दा आज सेयर बजार खुल्न करिब आधा घण्टा लागेको थियो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का एक अधिकारीका अनुसार डाटा सेन्टरमा जाने पावर अफ हुँदा आजको समस्या आएको हो ।

Global Ime bank

“हिजो बाहिरका काम गर्नेहरूले पावर अफ गरिदिएछन् । त्यो कुरा हामीले बिहान १० बजेमात्र थाहा पायौँ,” उनले भने, “हिजोका डाटाको काम गर्न समय लागेकाले टीएमएस खुल्न समय लागेको हो ।”

नेप्सेको टहरो हटाउने काम अहिले धमाधम भइरहेको छ । त्यही टहरो भत्काउने क्रममा कामदारहरूले पावर अफ गरिदिएको स्रोतको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १३:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu