राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।
देउवाले बैठक बुधबार दिउँसो १ बजे धुम्बाराहीमा बस्ने गरी बोलाएका हुन् । बैठकमा महासमिति बैठकको तयारीका विषयमा छलफल हुने बताइएको छ ।
कांग्रेसको महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म बस्ने गरी तय भएको छ । स्रोतका अनुसार बैठकमा सरकारका कामको समीक्षा हुनेछ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारको कामको समीक्षासहितको रिपोर्ट प्रस्तुत गर्ने तयारी छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८० १७:४२
प्रतिक्रिया दिनुहोस्