site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निगमको स्पष्टीकरण– आन्तरिक स्रोतबाटै नयाँ जहाज खरिद हुन्छ

काठमाडौं । नेपाल वायुसेवा निगमले आफू आन्तरिक स्रोतबाट नयाँ जहाज खरिद गर्न सक्षम रहेको जनाएको छ । 

निगमले दुर्गम क्षेत्रमा उडान गर्न थप तीनवटा जहाज खरिद गर्ने तयारी गरेको छ । तर, निगमको खुद सम्पत्ति आठ अर्ब मात्रै छ भने दीर्घकालीन ऋण करिब ४८ अर्ब छ ।

जहाज खरिदको विषयमा सार्वजनिकरूपमा विभिन्न प्रश्न उठेपछि निगमले आफू आन्तरिक स्रोतबाटै जहाज खरिद गर्न सक्षम रहेको बताएको हो ।

“आर्थिक स्रोतको सम्बन्धमा निगमले तीनवटा ‘स्टल रुट’मा उड्ने जहाज ६/६ महिनाको अन्तरमा ल्याउने भएकाले सम्पूर्ण रकम एकमुष्ट तिर्ने नभई पटकपटक तिर्दै जाने हुँदा सोको व्यवस्थापन आन्तरिक स्रोतबाट गर्न निगम सक्षम छ,” निगमले जारी गरेको प्रेस विज्ञप्ति भनिएको छ ।

साथै जहाज खरिद पारदर्शी ढंगबाट नै गरिने र कासको लागि तालुक मन्त्रालयमाबाट अनुमति ल्याइसकेको निगमले जनाएको छ ।

बजारमा आफ्नो उपलब्धता बढाउन जहाज आवश्यकता रहेको भन्दै निगमले जहाजको उपलब्धता र पुनःसंरचना गर्ने विषय एक अर्कालाई रोकेर गर्नुपर्ने विषय नभएको बताएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro