site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विद्युतीय साइकललाई विद्युतीय स्कुरटकै दर्जा, दर्ता अनिवार्य

काठमाडौं । सरकारले विद्युतीय साइकललाई विद्युतीय स्कुरटकै दर्जा दिएर दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ । भन्सार विभागले केही दिनअघि यस्तो निर्णय गर्दै सबै भन्सार कार्यालयलाई पत्राचार गरेको हो ।

“विभिन्न भन्सार कार्यालयबाट पैठारी भएका इलेक्ट्रिक बाइसाइकल भनिएका वस्तु इलेक्ट्रिक स्कुटरसँग मिल्न गएकोले उक्त वस्तुलाई विद्युतीय स्कुटर सरह वर्गीकरण गरी जाँचपास गर्नू,” विभागले मंसिर ४ गते भन्सार कार्यालयहरुलाई लेखेको पत्रमा भनिएको छ ।

यस्ता विद्युतीय साइकलमा पाङ्ग्रा साधारण साइकलमा जडान भएकाभन्दा मोटा, पाउ राख्न फुटबोर्ड, इलेक्ट्रिक ब्याट्री, एक्सेलेटर र स्पिड कन्ट्रोल भएको भन्दै विद्युतीय स्कुटरसरह वर्गीकरण गर्न विभागको वर्गीकरण तथा पुनरावलोकन शाखाले भनेको छ ।

यससँगै ३५० किलाेवाट वा त्यसभन्दा कम क्षमताका विद्युतीय साइकल पनि दर्ता गर्नुपर्ने भएको हो । यस्ता साइकलहरुमा अब विद्युतीय स्कुटरमा जसरी नै १० हजार रुपैयाँ सडक निर्माण दस्तुर पनि लाग्नेछ ।

भन्सार विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले स्कुटीकै पावरमा आएको हुनाले यसलाई स्कुटीसरह वर्गीकरण गरिएको बताएका छन् । सडक कर र दर्तालगायत अन्य कस्तो असर पर्छ भन्ने प्रतिक्रिया आउन बाँकी रहेको उनको भनाइ छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल यस विषयमा प्रदेश यातायात मन्त्रालय र सोअन्तर्गतका कार्यालयहरुले थप काम गर्ने बताएका छन् । विद्युतीय साइकल कसरी दर्ता हुन्छन् र थप प्रक्रिया के हुन्छ भन्ने विषय अहिलेलाई भने अन्योलपूर्ण बनेको छ ।

कति आयात हुन्छ विद्युतीय साइकल ?

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चार महिनामा दुई करोड ५८ लाख रुपैयाँ बराबरका ८४० वटा विद्युतीय साइकल भित्रिएका छन् । यसबाट सरकारले ६२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा आठ करोड ७८ लाख रुपैयाँ बराबरका दुई हजार २३१ वटा विद्युतीय साइकल आयात भएका थिए । यसबाट सरकारले दुई करोड १२ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/८० मा १६ करोड ५८ लाख रुपैयाँ बराबरका चार हजार २९ विद्युतीय साइलक नेपाल भित्रिएका थिए । जसबाट सरकारले चार करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro