site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपाललाई चिकित्सा शिक्षाको केन्द्र बनाउन क्रियाशील छौँ : स्वास्थ्यमन्त्री बस्नेत

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाललाई चिकित्सा शिक्षाको केन्द्र बनाउन  सरकार क्रियाशील रहेको बताएका छन् ।

आज यहाँ महेन्द्र माध्यमिक विद्यालयमा आयोजित ‘न्याना कपडा तथा शैक्षिक सामग्री वितरण’ कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयको हालैको निर्णयबारे जानकारी दिँदै चिकित्सा शिक्षाका लागि अनुकूल वातावरण बनाउन आफू लागि परेको जानकारी दिए ।

“मन्त्रालयले एक सयदेखि तीन सयसम्म शय्या भएका अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउन पाउने र तीन सय शय्यामाथिका अस्पतालमा चिकित्सा पढाउन पाउने निर्णय गरेको छ । चिकित्सा शिक्षा ऐन संशोधनको तयारीमा छौँ,” स्वास्थ्यमन्त्रीले भने, “यसले गर्दा देशभित्रै आवश्यक स्वास्थ्य जनशक्ति उत्पादन हुने र चिकित्सा शिक्षा अध्ययनका लागि अन्य देशबाट विद्यार्थी नेपाल आउँछन् । त्यसरी विदेश विद्यार्थी बढेपछि देशलाई चिकित्सा शिक्षाको केन्द्र बनाउन सकिन्छ ।”

मन्त्री बस्नेतले इन्द्रावती गाउँपालिका–२ स्थित स्वास्थ्य चौकीको सुधारका लागि उपलब्धमा रु २० लाखको बजेटमा थप रु १८ लाख रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।“यस वडाको स्वास्थ्य केन्द्रको अवस्था नाजुक छ, नयाँ भवन निर्माणका लागि प्राप्त बजेटमा थप रु १८ लाख यही साताभित्र उपलब्ध गराउनेछौँ,” उनले भने ।

उनले देशको समग्र स्वास्थ्य क्षेत्रमा सुधारको प्रयास थालिएको बताए । मन्त्री बस्नेतले भने, “सबै पालिकामा आवश्यक सहयोग गर्न मन्त्रालय तयार छ । सम्बन्धित स्थानीय सरकार र चिकित्सकहरुले आट गर्न सक्नुहुन्छ भने आर्थिक रुपमासमेत सहयोग गर्न तयार छौँ ।”

सिन्धुपाल्चोक जिल्लामा स्वास्थ्यसँगसँगै शिक्षा, सिँचाइ, खाने पानी, सडक सञ्जाल र विद्युत्सम्बन्धी समस्या सम्बोधनका लागि प्रयास गरिरहेको उनले दोहो¥याए । रासस

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  ००:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro