site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालले प्राप्त गर्ने वैदेशिक सहायता प्रतिवद्धतामा व्यापक गिरावट
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपालले प्राप्त गर्ने वैदेशिक ऋण र अनुदान प्राप्ति प्रतिवद्धतामा व्यापक गिरावट आएको छ ।  दातृ राष्ट्र तथा निकायले दिएको रकम खर्च गर्न सक्ने क्षमता गुमाउँदै गएपछि सहुलियतका ऋण र अनुदानमा गिरावट आएको हो ।

अर्थ मन्त्रालयको तथ्याङ्कअनुसार, चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो तीन महिना (साउन, भदौ र असोजमा) मा नेपालले प्राप्त गर्ने वैदेशिक सहायतामा ८४.२९ प्रतिशतले गिरावट आएको छ । 

अघिल्लो आर्थिक वर्ष २०७९–८० को त्यही अवधिको तुलनामा यो वर्ष नेपालले कम वैदेशिक सहायता प्राप्त गरेको हो ।  २०८० सालको साउन, भदौ र असोजमा नेपालले १३ अर्ब ५८ करोड रुपैयाँको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको छ । 

अघिल्लो वर्ष २०७९ को साउन, भदौ र असोजमा नेपालले ८६ अर्ब ४१ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्राप्त गरेको थियो ।  अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले ७२ अर्ब ८३ करोड रुपैयाँ कम वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा प्राप्त वैदेशिक सहायता प्रतिवद्धता शिक्षा र वातावरण क्षेत्रमा आएको छ । 

यसवर्ष प्राप्त सम्पूर्ण रकम अनुदान सहयोगअन्तर्गत प्राप्त भएको छ । पछिल्लो तीन महिनामा जापानबाट २ अर्ब ९५ करोड रुपैयाँ र यूरोपेली युनियन (ईयू)बाट प्राप्त १० अर्ब ६३ करोड रुपैयाँ प्राप्त भएको छ । 

अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वयन महाशाखाका प्रमुख तथा सहसचिव श्रीकृष्ण नेपाल वैदेशिक सहायताको उपयोग पछिल्ला वर्षहरुमा घट्दो क्रममा रहेको बताउँछन् । 

वैदेशिक सहायता प्रतिवद्धता वृद्धि गर्न उपयोग गर्ने क्षमता पनि सुदृढ गर्नुपर्ने तर्क उनको छ ।  अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७९–८० मा नेपालले ऋण र अनुदान गरी २ खर्ब १६ अर्ब रुपैयाँभन्दा बढी उपलब्ध हुने प्रतिवद्धता प्राप्त गरेको थियो । 

जसमध्ये १ खर्ब २३ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ मात्र नेपालले उपयोग गरेको थियो ।  गत आर्थिक वर्ष नेपालले खर्च गरेको वैदेशिक सहायतामा अनुदान २१ अर्ब २९ करोड ७५ लाख रुपैयाँ र ऋण १ खर्ब २ अर्ब १२ करोड १ लाख रुपैयाँ रहेको थियो ।

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष नेपालले प्राप्त गरेको वैदेशिक सहायतामा अनुदानमा १७.८ प्रतिशत र ऋणमा १५.७ प्रतिशतले कमी आएको अर्थ मन्त्रालयको तथ्याङ्कले देखाउँछ । 

आर्थिक वर्ष २०७८–७९ मा नेपालले ऋण र अनुदान गरी २ खर्ब ३७ अर्ब ९१ करोड रुपैयाँ प्रतिवद्धता प्राप्त गरेको थियो । सो वर्ष उक्त रकममध्ये १ खर्ब ४७ अर्ब ४ करोड ७६ लाख रुपैयाँ नेपालले उपयोग गरेको थियो ।

पछिल्ला ६ वटा आर्थिक वर्षमा नेपालले कुल ८ खर्ब ७७ अर्ब ९४ करोड २८ लाख रुपैयाँ वैदेशिक सहायता उपयोग गरेको देखिन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  ०९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro