site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नर्सिङ शिक्षामा देखिएका समस्याको समाधान खोज्न कार्यदल गठन

काठमाडौं । पछिल्ला केही वर्षयता नर्सिङ शिक्षामा देखिँदै आएका समस्या समाधानको उपाय खोज्न कार्यदल गठन भएको छ । चिकित्सा शिक्षा आयोगले सात सदस्यीय कार्यदल गठन गरेको हो ।

आयोगको मापदण्ड तथा प्रत्यायन निर्देशनालयका निर्देशक डा. दिलीप शर्माको संयोजकत्वमा कार्यदल गठन गरिएको आयोगले जनाएको छ ।

कार्यदलले नर्सिङ शिक्षामा हाल देखिएका समस्याको समाधानका उपाय खोज्ने र सरोकारवालहरुबाट सुझाव समेत लिनेछ ।

कार्यदलमा नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ११औँ तहका अधिकार, आईओएम, न्याम्स, केयूअन्तरको स्कुल अफ मेडिकल साइन्सका प्रमुख आदि सदस्य रहेका छन् ।

कार्यदलले नर्सिङ शिक्षामा प्रयोगात्मक अभ्यास, आवश्यक भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, आवश्यक शैक्षिक न्यूनतम योग्यता निर्धारण आदिका विषयमा अध्ययन गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro