site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
स्थानीय सरकार र निजी क्षेत्रसँग सुझाव लिँदै योजना आयोग
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औँ योजनाका लागि सुझाव लिन पहिलो चरणमा चार प्रदेशमा छुट्टाछुट्टै टोली परिचालन गरेको छ ।

आयोगका सदस्यहरूको नेतृत्वमा परिचालित टोलीले मंगलबार मधेस, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका स्थानीय तहसँग सुझाव संकलन गर्दैछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

गण्डकी प्रदेशमा आयोग सदस्य डा. रामकुमार फुयाँलको नेतृत्वमा टोली परिचालन गरेको छ । उनका अनुसार गण्डकी प्रदेशको पोखरामा सोमबार प्रदेश सरकारसँग छलफल भएको थियो । छलफलमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित सरकारका मन्त्रीहरू, प्रदेश आयोगका उपाध्यक्ष र सदस्यहरूको सहभागिता थियो । 

मंगलबार भने महानगरपालिका, उपमहानगरपालिका नगरपालिका, गाउँपालिकाका प्रमुख–उपप्रमुखसहित प्रदेश स्तरीय निजी क्षेत्र समेतको सहभागितामा सुझाव लिइने सदस्य फुयाँलले जानकारी दिए ।

Global Ime bank

उनका अनुसार यो कार्यक्रम गण्डकीसँगै सुदूपश्चिम, वाग्मती र मधेस प्रदेशमा समेत जारी रहनेछ । “१६औँ योजनामा सबैको सुझाव समेट्ने गरी हामीले टोली परिचालन गरेका हौँ” सदस्य फुयाँलले भने, “सोमबार हामीले प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्री राखेर छलफल गर्यौँ, आज त्यो भन्दा ठूलो सहभागिता हुन्छ, आजको छलफलमा पालिका प्रमुख उपप्रमुखहरूसहित निजी क्षेत्रको सहभागिता रहनेछ ।”

आयोगले मधेस प्रदेशमा डा. जयकान्त राउतको नेतृत्वमा टोली पठाएको छ भने वाग्मतीमा डा. प्रभु बुढाथोकी, गण्डकीमा डा. फुयाँल र सुदूरपश्चिम प्रदेशमा डा. अनिता शाह ढुंगानालाई पठाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  ११:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय