site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
घाइते नेपाली शान्ति सैनिकको अवस्था ‘सुधारोन्मुख’
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । लेबनानमा घाइते भएका एक नेपाली शान्ति सैनिकको उपचार जारी छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको नेपाली सेनाले जनाएको छ ।

इजरायल–लेबनान सीमाक्षेत्रमा दुई पक्षबीचको द्वन्द्वका क्रममा एक नेपाली शान्ति सैनिकलाई ‘सामान्य’ चोट लागेको थियो । लेबनानकै नाकुरास्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसनको अस्पतालमा उनको उपचार भइरहेको नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

अधिकृतस्तरका ती शान्ति सैनिकको दाहिने हातको पाखुरा र पेटमा सामान्य चोट लागेको र सुधार भइरहेको सहायक रथी भण्डारीले बताए ।

“अस्पतालमा एक्सरे गर्दा दाहिने हातको पाखुरामा सम्भावित ‘मोर्टार सेल’को टुक्रा देखिएको थियो । दाहिने हातको पाखुरा र पेटमा सामान्य चोट लागेको हो,” उनले बाह्रखरीसित भने, “उपचार जारी छ । डिस्चार्ज भएको छैन ।”

Global Ime bank

इजरायल प्रतिरक्षा फौज (आईडीएफ) र लेबनानको लडाकु समूह हिजबुल्लाहबीचको द्वन्द्वका क्रममा प्रहार गरिएको ‘मोर्टार सेल’को टुक्रा लागेर उनी घाइते भएका हुन् । उनको परिचय खुलाइएको छैन । यही अक्टोबर २८ तारिख राति १० बजेर २० मिनेट (स्थानीय समय)मा उक्त घटना भएको थियो ।

त्यति बेला शान्ति सैनिक बंकरमा थिए । शान्ति सैनिकका एउटा बंकर र एउटा गाडीमा सामान्य क्षति पुगेको थियो ।

हाल दुई पक्षबीच आक्रमणका घटना बढ्दै गएको सूचना अधिकारी भण्डारीले उल्लेख गरे । शान्ति सैनिक र गणमा समस्या नरहेको उनको भनाइ छ ।

उनका अनुसार लेबनानमा हाल ८७४ नेपाली शान्ति सैनिक कार्यरत छन् । एक डेपुटी फोर्स कमान्डर, २४ मिसन स्टाफ र एउटा बटालियनमा ८४९ गरी लेबनानमा कुल ८७४ नेपाली शान्ति सैनिक कार्यरत रहेका उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !