site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बंगलादेशमा आलुको मूल्य वृद्धि रोक्न विदेशबाट आयात गरिने

ढाका । बंगलादेश सरकारले दक्षिण एसियाली मुलुकमा अत्यधिक खपत हुने आलुको मूल्य वृद्धिलाई नियन्त्रण गर्न आयात गर्न अनुमति दिने निर्णय गरेको छ ।

वाणिज्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आलुको अत्यधिक माग र स्वदेशी उपलब्धतालाई ध्यानमा राख्दै विदेशबाट आयात गर्ने अनुमति दिइएको जनाएको छ ।

“यो निर्णय आलुको स्थानीय बजारमा आलुको अत्यधिक माग र मूल्य वृद्धिलाई शान्त पार्ने सरकारको प्रयासको एक हिस्सा हो,” विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले बजारका लागि आलुको आपूर्ति बढाउनका लागि आलु आयात अनुमतिका लागि निवेदन दिन व्यवसायीलाई आग्रह गरिसकेको छ । रासस/एएफपी

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  २३:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro