site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘विकासोन्मुख देशहरूका लागि नेपाल शक्तिशाली आवाज बनेको छ’

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल विकासोन्मुख देशहरूका लागि एउटा शक्तिशाली आवाज भएको बताएका छन् ।

मंगलबार संसद्को दुवै सदनलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“नेपाल लामो समयदेखि संयुक्त राष्ट्रसंघको प्यारो सदस्य हो,” महासचिव गुटेरेसले भने, “हालै अतिकम विकसित राष्ट्र समूहको अध्यक्ष बनेर विकासोन्मुख देशहरूका लागि नेपाल शक्तिशाली आवाज भएको छ ।”

नेपालको चार दिने भ्रमणको लागि आइतबार काठमाडौं आइपुगेका उनले नेपाल र संयुक्त राष्ट्रसंघ पुरानो मित्र भएको बताए ।

“संयुक्त राष्ट्रसंघ र नेपाल पुरानो मित्र हुन् । हाम्रो सहकार्य गहिरो छ,” उनले भने ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्