site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
देशमा धार्मिक पर्यटनको ठूलो सम्भावना : मन्त्री साउद
Sarbottam CementSarbottam Cement

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपालमा धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले दार्चुलाको व्यासलगायत धार्मिक महत्त्वका क्षेत्रको प्रचार आवश्यक रहेको औँल्याए ।

सुदूरपश्चिम प्रदेशका मालिकार्जुन, बैजनाथ धाम, बडिमालिका, उग्रतारादेवी, त्रिपुरासुन्दरीलगायत धामहरूको प्रचार गर्नुपर्नेमा उनले जोड दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, “एक अर्बभन्दा बढी हिन्दु जनतालाई एकपटक मानसखण्डको पवित्र भूमि, सुदूरपश्चिमका महत्त्वपूर्ण देवीदेवताहरूको दर्शन महत्त्वपूर्ण छ भन्ने सन्देश दिन सक्यौँ भने धार्मिक पर्यटनको असाध्यै ठूलो सम्भावना छ ।”

प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि इजरायलमा ज्यान गुमाएका नेपालीको शव स्वदेश ल्याउने प्रयास जारी रहेको पनि उनले बताए । मृत्यु भएका १० नेपालीमध्ये पाँचजनाको शव इजरायल सरकारले हस्तान्तरण गरिसकेकाले छिट्टै स्वदेश ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।

Global Ime bank

अरू पाँच शवको जाँच प्रक्रिया पूरा भएपछि इजरायलले नेपाललाई बुझाउने उनले बताए ।

इजरायलमा बेपत्ता विद्यार्थी विपीन जोशीको खोजीका निम्ति हमाससँग राम्रो सम्बन्ध भएका र खाडी मुलुकहरूसँग समन्वय भइरहेको मन्त्री साउदले जानकारी दिए ।

उनले सुदूरपश्चिममा जलविद्युत्को सम्भावना रहेको समेत बताए । दुई प्रदेश र तीनतिरबाट दुई देशसँग जोडिएको सीमा भएका कारण देशको समग्र विकासका निम्ति यो क्षेत्र महत्त्वपूर्ण रहेको उनले सुनाए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय