site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सद्भाव खल्बलाउने क्रियाकलापविरुद्ध गम्भीर रूपमा लाग्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले धार्मिक र सामाजिक सद्भाव खल्बलाउने क्रियाकलापविरुद्ध गम्भीर रूपमा लाग्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले केही जिल्लाहरूमा देखिएको धार्मिक र सामाजिक सद्भाव खल्बलाउने घटनालाई संवदेनशील रूपमा लिनुपर्ने उल्लेख गरे । यस्ता क्रियाकलापविरुद्ध गम्भीर रूपमा लाग्न उनले प्रहरीलाई निर्देशन दिए ।

Dabur Nepal
NIC Asia

यस्ता घटनाको नियन्त्रण र भविष्यमा दोहरिन नदिन सरकार र राजनीतिक पक्ष पनि गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।

उनले अपराधका नयाँ प्रकृतिलाई निस्तेज पार्न र गहन रूपमा अनुसन्धान गर्न प्रहरीलाई थप प्रविधिमैत्री बनाउँदै अघि बढाउनुपर्ने बताए । प्रहरीलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

प्रहरीको आवश्यक भूमिका र कतव्र्यबोधले मात्र मुलुकको समृद्धि, सुशासन र कानुनी राज्यको प्रत्याभूत हुने भएकाले यसतर्फ गम्भीर हुन पनि उनले निर्देशन दिए ।

नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले पारदर्शी, जवाफदेही, मानवअधिकारको संरक्षणलगायत विषयमा संगठनको काम–कारबाही उत्कृष्ट हुने प्रतिबद्धता जनाए । नेपाल प्रहरी कार्ययोजना, २०८० तर्जुमा गरिएको उनले जानकारी गराए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro